25 April, 2016

भूकम्पको याद




खुल्ला आकाश सुर्यको हसिँलो उपस्थिति 
 पवन, पर्यावरणको व्यस्त दैनिकी 
चराचुरुङगीको चिरबिरे माधुर्यता
 चम्किला अनुहारका बालबालिकामाझ,
 खासखुस दायाँ र बायाँ छ
 ख्यालठट्टामा लुकेको खुलदुली छ
 समय र परिस्थितिको छलफल छ
 हिजो र आजको समिक्षा छ 
उत्साह र उमंगको वसन्तको साथै
 सुन्दर शान्त प्रकृतिको प्रार्थना छ 
तर निन्याउरो छ अनुहार 
 हजुरबुबा, हजुरआमा, भाइबहिनी,
 आफ्ना चौपायाको यादमा 
शिशिर जीवन्त पाल भित्र न्यानो छतको यादमा 
छारेरोगले भन्भन्याउदै मुर्छा परेकी आमाको
 यादको बाबजूद 
 शुभप्रभात !
 शुभदिन अनि सन्ध्याको कामना छ
 पृथ्वीले अर्को एक फन्को लगाएको दिन
    न्यास्रो भूकम्प तिम्रो छ      ||

No comments:

Post a Comment