02 April, 2016

माया

Source:www.jenellbstewart.com


नयनको सामुन्ने यो चम्किलो तेजिलो,
प्रखर, प्रज्वलनशील गोलो 
हावामा अन्तरङ्गको प्रवेग एक्कासि बढेर आएजस्तै छिटो 
रेटिनामा खिचि ल्यायो सुन्दर तिम्रो फोटो ।।



ज्वलनशील त कहिले न्यानो
चम्किलो छ आकृति तिम्रो
लौ ! दिन र रात एकैनास हुने
  कस्तो अनुभव हो यो ? 



विलीन हुने, लोप​ हुने छैन
शताब्दी यो रहिरहने अन्त्य यसको छैन 
अजर अमर रहनेछ युगान्तकारी माया
अटुट, मज्बुत गाँसिएको साइनो दायाँ र बायाँ ।।

No comments:

Post a Comment