सुस्केरा हाल्दै उ यतै आउँदैछ
पवनलाई दूत बनाइ सारालाई सूचित गर्दैछ
लाजले होकी खै ? गिरि घुम्टो ओढ्दै मुसुमुसु हाँस्दैछे
नदीनाला, छहरा लाग्छ त्रासदिको संकेत गर्दैछन्
चराचुरुङ्गी बेसिँ झर्दै छन्, चमेरा ओडार पस्दैछ्न्
भ्यागुताको ट्वारट्वार टड्कारै सुनिन्छ
घाम, पानी र बादलले आकाशमा लुकामारी खेलेको देखिन्छ
बादल आफै सुसाउन खोजे जस्तो
असारको स्वागतमा अनगिन्ती तोपको सलामी दिदैछ ||
No comments:
Post a Comment