भर्खरै उम्रिएका कलिला टुसाहरु
वरिपरिका हर्लक्क बडेका
हरिया वृक्ष देखि प्रफुल्लित अनि आशावादी छन्
लटरम्मै झुन्डिएका फल देखि लालायित छन्
आफ्ना निर्बल हातपाखुरा तर हृष्टपुष्ट
वरिपरिका हर्लक्क बडेका
हरिया वृक्ष देखि प्रफुल्लित अनि आशावादी छन्
लटरम्मै झुन्डिएका फल देखि लालायित छन्
आफ्ना निर्बल हातपाखुरा तर हृष्टपुष्ट
वृक्षको शरीर देखि इर्ष्यालु छन्
सुक्ष्म परिधिमा सिमित आफुलाई
सुक्ष्म परिधिमा सिमित आफुलाई
त्यो विशाल क्षेत्रफल अनि फैलावट सँग दाज्ने गर्छन्
झिनामसिना टुसाहरु
सम्पूर्ण जीवनको ध्येय सानोतिनो तर
गगनस्पर्शी सपना सङ्गाल्दा सङ्गाल्दै वयस्क हुन्छन्
अनि आत्मदाह गर्छन् सबै अलिअली।
No comments:
Post a Comment