म को हुँ ?
प्रश्न बारम्बार दोहोरिरहन्छ, गुञ्जिरहन्छ मानसपटलमा
मनोविचरण बिना पनि
लाग्छ स्वासप्रस्वासको हरेक पहरसँगै
ती आयात अनि निर्यात हुन्छन्
र मुटुको प्रत्येक स्पन्दनसँगै उद्वेलित पनि ।
प्रश्न बारम्बार दोहोरिरहन्छ, गुञ्जिरहन्छ मानसपटलमा
मनोविचरण बिना पनि
लाग्छ स्वासप्रस्वासको हरेक पहरसँगै
ती आयात अनि निर्यात हुन्छन्
र मुटुको प्रत्येक स्पन्दनसँगै उद्वेलित पनि ।
' म ' को व्यापकता माथिको विविधता सायद आसिमित छ
फगत केही बिम्बहरुको साहयता त्यसैले निरर्थक हो
तिनको संग्रहबाट नि:सृत दर्शन एक सुक्ष्म पहलु हो
लाग्छ कहिलेकाही ती डोग्मा(Dogma)को कालोपट्टी हो
पत्रैपत्र भएको प्याजमाथीको थप एक पत्र हो
यो प्रश्नैप्रश्नको जालोमा गुजुल्टिएको
अनुत्तरित म को प्रश्न ।

No comments:
Post a Comment