कुनै अमुल्य वस्तु फ्याँकेर गुमाएपछि
मालको चाल पाएको जस्तो
वारि क्षितिजबाट उदाएको सूर्य
पारि क्षितिजमा बिलाए पछिको अन्धकारमा
"यो र त्यो" को मोलतोल गरि रहेको उल्लू जस्तो
म के खोज्दै थिए र खोज्दै छु आज पनि ?
माग र आपूर्तिको खिचातानीमा मेरो अनवरत खोज केका लागी
थाहाछैन
पाउने अनि गुमाउनेको ठेगान नभएपछि पनि
No comments:
Post a Comment