09 February, 2019

तँ

म उसलाई आदरभावले सम्बोधन गर्छु
तर उ मलाई ' तँ ' को दर्जाबाट कहिल्यै पदोन्नति गर्दिँन
म आफ्ना बकम्फुसे भावनाहरुमा शाब्दिक रोगन गर्छु
यतिसम्म कि कहिलेकाही त उ ती भावनाहरु ठम्याउन सक्दिन क्यारे

उ यसै रुमलिन्छे मेरा पंक्तिहरुमा
मेरा मनगढन्ते प्रशाधनमा
सायद त्यसैले होकि लामो अवधि उ नीरव हुन्छे
अनि म
हदैसम्म व्याकुल, आतुर र उत्सुक
उ घोरिइरहन्छे
म कुरिइरहन्छु
उसको अर्को ' तँ ' लाई   ।।

No comments:

Post a Comment