16 April, 2016

हाम्रो बालापन




हाम्रो बालापन झगडा, गफ र गल्तीहरुको थियो 
आवेश, आवेग र अनुशासनको थियो 
 सहयोग, सहकार्य र समझौताको थियो
 मस्ती, मजाक र मनोरञ्जनको थियो 
 हिम्मत, साहस र निर्भीकता थियोे
बठ्याँई, बुलन्द र बेकामे थियो





 हाम्रो बालापन खुल्ला सिमानाको गाउँ थियो
 खुल्ला आकाशको ठाउँ थियो 
 खुल्लम खुल्ला हाम्रो चल-खेल थियो
 बगैँचा फूलको साझ थियो 
माली गोडमेलमा मख्ख थियो
 रंगीचंगी शृङगार थियो
 हाम्रो हिजाे, आज र भोलि पनि उस्तै थियो, छ र  ...
 बिहानी र बेलुकी उस्तै थियोे 
 मित र प्रित उस्तै थियो
 म र हामी एउटै थियो 
 मीत र प्रित एउटै थियो 
 राम्रो या नराम्रो होस् त्यो हाम्रो बालापन थियो ।

No comments:

Post a Comment