साक्षात्कार भएको आकृतीको आभाषले मेरो मुटुमा नै चिसो पस्यो,
चिस्यानको त्यो प्रवाह संगै हल्लिएको मुटुले
सम्पूर्ण कायमा कम्पन पैदा गरिदिँदा लाग्यो,
" ढल्यो र बजारियो माटोमा "
लड्खडियो अनि लम्पसार आफ्नो छातीमा
आधारस्तम्भ बलियो अग्राखमा
लाग्यो धिमक सारा यो शरीरमा
गिरि जमिनमा मिल्यो एकै पटकमा
माटोमा
ठक्कर खाए कठै ती अङ्गअङ्गमा
ढले र बजारिए म, माटोमा
तर लुलाहातखुट्टा भए तापनि
पराकम्पन दोहोरिरहे तापनी
उठ्न खोजे त्यही पहिलेको चिसो पवनलाई लिइ
स्वासप्रस्वास शरीरमा धेरैकम भए तापनि
युसेन बोल्टको आत्मा मुटुमा प्रवेश गरे तापनि
शकिराको भन्दा जिउ उग्र हल्लिए तापनि
कक्रक्क परिने गरि, शितलहर छाए तापनि
इन्द्रियहरुले आफ्ना जिम्मेवारी बिस्मारण गरे तापनि
एक मुठी सासले लुला मेरा हातपाउमा
छुद्र शक्तिसंचारको आडमा आफ्नो बाटो नाप्न खोज्दा
जीवित कम्पनदेव/देवीको आत्माले
पृथ्वी यथास्थितिमा रह्यो
भयसँगको जम्काभेटमा ||
No comments:
Post a Comment