कोमल तिम्रो स्पर्शको
मन्द तिम्रो मुस्कानको
शीतल तिम्रो केशको
अदाकारी भए म त
दिव्य तिम्रो स्वरुपको ।
चंचल ति नयनको
व्यग्रता
तिम्रो ओठको
अस्थिरता
बोलाइको
रनभुल्लमा रुमलिए म
रोमाञ्चक तिम्रो रहस्यको ।
अलङ्कार र आभूषण तिम्रो
शिष्टताको
स्वच्छ्ता त्यो
कोमल हृदयको
अलौकिक,
स्वर्गीय तिम्रो मनोजगतकाे
संसारिक मोहमा परे म
लालायित तिम्रो संसारको ।।
No comments:
Post a Comment