03 April, 2016

राम्ररी





यो गर त्यो गर गर राम्रोसँग
राम्रो के हो ? यसो मलाई भन राम्रोसँग 
 त्यो मिलेन, याहाँ यसो, कति हो र कसो ?
सिकिएन सिकाइएन किन यस्तो खेदो ?
यो गर, त्यो गर यसरी अनि उसरी 
बुझेको सुझेको केहि छैन गरे मैले मेरै गरी,
 हरे शिव, हरे राम हो किन यो यसो ? 
आवश्यकता के हो ? किन हो यो यस्तो  ?
 कराइ र गराइको नाप्न नसकिने दूरी
 दरार  सोच र गराइको पुर्न नसकिने गरी ||

No comments:

Post a Comment