प्रकृति तिम्रो आलिङ्गनबाट विमुख नै छु म
म तिम्रो समीप आउन त खोज्छु र आउछु पनि
तिमी मलाई अङ्गाल्न खोज्छौ ती लालायित हातपाखुरा सल्बलाउदै
तिमी त्यस्तै छौ अहिले पनि
तिम्रो सुन्दरता, सरलता र सुगन्धमा किन्चित ह्रास आएको छैन
तर समयको अन्तरालमा तिम्रा पाउमा निरन्तर चोट लागिरह्यो
घाउका खाटाहरु टड्कारो देखिरहेछु तिम्रो
अ, मिलनको एतिहासिक घडि नजिकिदै जादा व्यग्रता छ
हामी दुवैमा मुटुको स्पनदन तिव्र हुदैछ
तर यो सापेक्षित तिव्रतामा त्रुटि छ कहि
मेरो गतिमा रोकावट छ कहि
मेरा इन्द्रियहरुको व्यवहारमा परोक्ष परिवर्तन छ कहि
बढ्दो सामीप्यतासँगै बढ्दो विकर्षणमा बढ्दो तिव्रता छ कहि
पाइला रोकिन्छ, फरक्क फर्किन्छ
बेमेल र बिछोड लम्बिन्छ
19 April, 2017
म विमुख छु
Labels:
Poetry
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment