शिरीषको फूल [Shiris Ko Phool] by Parijatसुयोगबिर सिंहका अधबैंसे भावहरु पोखिएको छ शिरीषको फूलमा
भूतपूर्व गोर्खाको इतिहासको अंश कोरिएको छ शिरीषको फूलमा
संसर्गिक सिलसिला र यथार्थबाट क्षणिक छुटकारा छ शिरीषको फूलमा
शिवराजसँगको चिनजान, भेटघाट अनि प्रगाढ सम्बन्ध छ शिरीषको फूलमा
अप्रत्याशित पारिवारिक मिलन छ शिरीषको फूलमा
सकमबरीजस्तोको प्रतिरोधी व्यक्तित्व छ शिरीषको फूलमा
सायद एकतर्फी अनि अप्रत्यक्ष आकर्षण छ शिरीषको फूलमा
हृदय र चेतबिचको लगातार द्वन्द छ शिरीषको फूलमा
चञ्चल मनको दबिएका भावनाहरु छन् शिरीषको फूलमा
हिनताबोध, आत्मग्लानीको बलियो बहाब छ शिरीषको फूलमा
एक्लोपनाको बन्धक आत्माको उकुसमुकुस छ शिरीषको फूलमा
View all my reviews
No comments:
Post a Comment