कालाे मैल परी यिनी अब भइन् हेर्दा विरूपै सरी,
टाटा छन् मुखमण्डलै वरिपरी, फुट्दाे
छ ओठै पनि ।
मायाले बकसै दिइन् जगतमा कल्याण हेतुः भनी,
हे मान्छे ! कति हाे कृतघ्न ? अब लाै बिझाउँने भो अति ।। १ ।।
चाहेकाे सब नै दिएर उसलाई, विश्व
सम्पूर्ण नै,
पाए केवल दुःख, दर्द
मनमा मानाे र पाथी भरै ।
पाएकाे अति सुन्दरम् उपजकाे मूल्याङ्कनै
बिर्सियाे,
ध्वंसै नाश गरी समस्त जग नै संहार हुन्छन् जसाे
।। २।।
भाेगी मात्र रहन्छ जन्तु जहिले, उक्लिन्न माथी कतै,
भाैतारी, दगुरी बिताउँछ सधै, जीवन्त बाैलाउँदै ।
आत्मज्ञान कता गयाे ? विचरणै गर्दाे छ मान्छे अहाे !
सिद्धान्तै बकि मात्र बस्छ, जब याे चैतन्य बाेधाे भयाे ।। ३ ।।
No comments:
Post a Comment