01 August, 2022

जीवन खेर नफाल

 मानव जीवन खेर नफाली

गर्नु छ कर्म यहाँ सब मिली ।

तथ्य र सत्य सधैँसँग राखी

मिल्दछ शान्ति परम् सुख आफैँ ।। १ ।।


के गरि बस्छु म हर्दम नित्य ?

जाे गरि सक्नु छ काम तुरून्त ।

एक अमूल्य निधि क्षय हाेला 

शाश्वत सत्य म बुझ्दछु आज ।। २ ।।

No comments:

Post a Comment