06 August, 2022

पार लगाउनु याे मनलाई

याे मन चञ्चल हुन्छ जहिल्यै

ध्यान हरी  सब लान्छ नि झट्टै ।  

विघ्न बढाउन मद्दत गर्दा

हाल बिगार्छ तुरून्तै अच्छा ।। १ ।।


खेल्दछ याे चलखेल सधैँ झै

रच्दछ छल्कपट त्यसले नै ।

हुन्छु अनिश्चित काल सुषुप्त

बुझ्न कठीन हुने भ्रमजाल  ।। २ ।।


के छ उपाय ? जब त्यस बेला 

छन् दुविधा उठि प्रश्न हजार ।

खाेज्नु छ जुक्त्ति  यहाँ उपलब्ध 

गर्नु छ पार जसाे पनि आज ।। ३ ।।

No comments:

Post a Comment