ज्ञानदीप बलि उज्वल मेरो,
सत्यतथ्य निकटस्थ हुँ ! छिट्टो ।
जाल, जीवन कसिङ्गर फाली,
स्वच्छ राख मन-आँगनलाई ।। १ ।।
ज्ञानको शिखर उक्लन साथी,
छैन है कठिन र त्यति सास्ती।
लाग्छ शक्ति, अधिक श्रम, धैर्य
साधना तर तिमी गर नित्य।। २ ।।
जीवनी छ कसतो ? भनि हेर्दा,
यो छ बोधरहितै अनि रित्ता।
व्यर्थ भो सकल जीवन सारा,
ज्ञानरूपि-पथमा अब लाग ।। ३ ।।
इति संवत् २०७९ माघ सुदि ०५ रोज ०५ वर्णवृत्त स्वागता शुभम्
No comments:
Post a Comment